काठमाडौं, १० असार । कालिमाटी र कलंकी क्षेत्रमा व्यवसायीलाई धम्क्याउादै हप्ता असुल्दै आएका ‘टोलेगुन्डा’लाई प्रहरीले पक्राउ गरेको छ ।
बाफल बस्ने जसवन्त राई भनिने आश्विनकुमार राईलाई प्रहरीले तिघ्रामा गोली हानेर बिहीबार पक्राउ गरेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई बिजुलीबजारमा पक्राउ गर्न खोज्दा भाग्न खोजेपछि गोली हानेको हो ।
राईविरुद्ध २०–२५ वटा उजुरी
राईविरुद्ध २०–२५ वटा उजुरी परेको महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । ‘उसले धेरैलाई नै दु:ख दिएको रहेछ,’ खनाल भन्छन्, ‘धेरै उजुरी परेपछि हामीले खोजी थालेका थियौा ।’ पटक–पटक पक्राउ परेर छुट्दा पनि नसुध्रिएपछि प्रहरीले उनलाई गोली हानेको स्रोत बताउँछ । प्रहरीले नियन्त्रणमा लिएपछि आफूलाई नमार्न भन्दै उनी रोएका थिए । यसअघि राजधानीमा प्रहरीको गोलीबाट दुई गुन्डा नाइकेको मृत्यु भएकाले उनी डराएका थिए ।
होटेलमा खाएको पैसा माग्दा उल्टै कुटपिट
गत महिना उनले कालिमाटीस्थित कालिमाटी ड्रिम्स गेस्टहाउसमा मालिकलाई कुटेका थिए । सो घटनामा कालिमाटी वृत्तमा जाहेरी दर्ता भएपछि उनी फरार थिए । यातायात व्यवसायी, ट्याक्सी व्यवसायी तथा अन्य स्थानीय व्यवसायीलाई धम्क्याउादै उनले हप्ता असुल्दै आएका थिए । ‘होटेलमा आएर मस्त बस्थ्यो र खान्थ्यो,’ राईबाट पीडित एक होटेल व्यवसायीले भने, ‘पैसा माग्दा उल्टो कुटेर हिाड्ने गर्दथ्यो ।’
कुमार घौटेका सहयोगी बस्नेत भागेपछि असुली धन्धा
स्रोतका अनुसार उनी पहिला बाफलका गुन्डा नाइके समीर बस्नेतसँग निकट थिए । गत वर्ष कुमार घौटे मारिएपछि बस्नेत फरार छन् । बस्नेत फरार भएपछि कालिमाटी तथा कलंकी क्षेत्रमा राईले असुली थालेका थिए । रेस्टुरेन्टहरूमा पनि उनको समूहले सित्तैमा खाने गरेको थियो । उनलाई यसअघि पटक–पटक प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । चारपटक सार्वजनिक अपराध मुद्दा तथा तीनपटक ज्यान मार्ने उद्योग मुद्दामा उनलाई कारबाही गरिएको थियो, तर पनि उनी सुध्रिएनन् । स्थानीय व्यवसायीले पटक–पटक प्रहरीमा उजुरी गरेपछि महाशाखाले उनको खोजी गरिरहेको थियो । बिहीबार उनी अदालत जाने तयारीमा थिए । सोही सूचनाका आधारमा पछ्याउादै गएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई गोली हानी पक्राउ गरिएको थाहा पाएपछि कलंकी र कालिमाटी क्षेत्रका व्यवसायी प्रहरीलाई धन्यवाद दिन अपराध महाशाखा पुगेका थिए ।
पक्राउ पर्दै, छुट्दै
पछिल्लो दुई वर्षयता राई गुन्डागर्दीमा सक्रिय थिए । गुन्डागर्दीकै आरोपमा दुई वर्षअघि पक्राउ परेका थिए ।३१ असार ०७१ मा पक्राउ पर्दा उनी दुई हजार रुपैयाँ धरौटीमा छुटेका थिए । त्यस्तै, २० चैत ०७१ मा पक्राउ पर्दा जिल्ला प्रशासन कार्यालयले उनलाई पााच हजार धरौटीमा छाडिदिएको थियो । त्यसको पााच महिनापछि १८ साउनमा फेरि उनी पक्राउ परे । पुरानो कालिमाटीस्थित मनकामना माई यातायातको कार्यालयमा नरबहादुर राना, किशोर तिवारी, ठाकुर तिमल्सिना, केदार खतिवडा, विष्णुमणि खतिवडा, नवीन गुरुङ, सुदीप खतिवडा, विनोद खतिवडा, पंकजबहादुर शाहीलाई उनको समूहले कुटेको थियो । राईसहित लोप्साङ शेर्पा, रमेश डंगोल, नवीन चौलागाईं, सुरेश चौलागाईं, नकुल चौलागाईंलगायतका व्यक्तिहरूले खुकुरी र तरबारले आक्रमण गरेका थिए । गत कात्तिकमा प्रहरीले पक्राउ गरे पनि अदालतले १५ हजार रुपैयाँ धरौटीमै छाडिदिएपछि फेरि उनीहरू गुन्डागर्दीमा सक्रिय भए । ज्यान मार्ने उद्योग र डाँका मुद्दामा पनि उनी सामान्य धरौटीमा छुट्दै आएका थिए । गत ८ फागुनमा कलंकीस्थित स्काई प्यालेस डान्सबारमा राईसहित अजय थापा, रुसतम थापा, ढाडे भन्ने सुमन थापामगर, विवेक खड्गी, निश्चल केसी, वसन्त भुसालसमेतका व्यक्तिले विश्वास सल्यानी र सुमित रेग्मीलाई तरबार र बियरको बोतलले आक्रमण गरेका थिए । आक्रमणपछि उनीहरूले लाखौा नगद लुटेर लगेका थिए । २३ चैतमा पक्राउ परेका उनी गत २१ वैशाखमा ४५ हजार धरौटीमा छुटेका थिए । गत १ असारमा ड्रिम गेस्टहाउसका सञ्चालक छेसाङ वाइबासमेतलाई ज्यान मार्ने उद्देश्यले हतियार प्रहार गरी गम्भीर घाइते बनाई फरार थिए ।
ठूला नाइके सुध्रादै, टोले बढ्दै
राजधानीमा पुराना गुन्डा नाइकेहरू पछिल्लो समय सुधा्रदै गएका छन् । तर, टोलेगुन्डाहरूको समस्या देखिएको प्रहरीले जनाएको छ । एक वर्षबीचमा दुईजना गुन्डा नाइके मारिएपछि उपत्यकामा गुन्डाराज धेरै कम भएको थियो । गुन्डा नाइकेहरू दिनेश अधिकारी चरी र कुमार घौटेको प्रहरी इन्टकाउन्टरमा मृत्यु भएको हो । त्यसपछि गुन्डागर्दी कम भएको हो । त्यसयता ठूला गुन्डाविरुद्ध उजुरी नआएको प्रहरी अधिकारीहरू बताउाछन् । पछिल्लो समय जग्गाको कारोबार फस्टाएसँगै टोलेगुन्डाहरू सक्रिय भएका छन् ।















प्रतिक्रिया