९ कार्तिक २०८३, सोमबार

‘डी’ र ‘ई’ ग्रेडका सबैले थप अध्ययन गर्न नपाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

slc-2-660x330काठमाडौं, १० असार । एसएलसीमा सहभागी सबै विद्यार्थीले थप अध्ययनमा अवसर पाउने शिक्षा मन्त्रालयको निर्णय छ ।

तर, सबैले सीपमूलक तालिममा समेत अवसर नपाउने भएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

दुई विषयमा डी र ई ग्रेड आउने सबैका लागि पनि प्राविधिक तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी०मा क्षमता छैन ।

सिटिइभिटीका सदस्यसचिव डा। रामहरि लामिछानेका अनुसार टिएसएलसी र डिप्लोमा तहको कार्यक्रममा ४५ हजारको क्षमता छ । तर, ०७२ को एसएलसीमा एउटै विषयमा झन्डै साढे एक लाख विद्यार्थीको ई ग्रेड आएको छ ।

कक्षा ११ मा मैथिली, हिन्दी, नेवारी, फ्रेन्च, जापनिज, उर्दू, जर्मन, चाइनिज र अरू भाषा अध्ययन गर्न न्यूनतम जिपिए १.६ र अंग्रेजीमा न्यूनतम डी प्लस ल्याएमा भर्ना पाउने व्यवस्था छ ।

डान्स, म्युजिक, स्कल्प्चर, पेन्टिङ, एप्लाइड आर्ट, स्पोर्टस् र अरू विषय अध्ययन गर्न न्यूनतम जिपिए १.६ र अंग्रेजीमा न्यूनतम सी प्लस ल्याउनुपर्छ । तर, अंग्रेजीमा मात्र डी र ई ग्रेड आउनेको संख्या डेढ लाखभन्दा धेरै छ । अंग्रेजीमा मात्र डी ग्रेड आउने ८६ हजार ६० र ई ग्रेडमा ७१ हजार एक सय २४ जना छन् ।