९ कार्तिक २०८३, सोमबार

हिमानीलाई ससुरा र सासुको चिन्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Himani-Shahaकाठमाडौं, ९ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले ढल्कदो उमेरसँगै आफ्नो खानपानमा ध्यान दिने गरेका छन् । उनको खानपानका विषयमा स्वयं बुहारी हिमानीले भान्सामै पुगेर हेर्ने गरेकी छिन् ।

बिहान उठेर निर्मल निवासभित्रै मर्निङ वाक गर्ने गरेका पूर्वराजा शाहले त्यसपछि नुहाएर नास्ता गर्छन् । मासुका परिकार खासै नरुचाउने पूर्वराजाले दूध र अन्य खानेकुरा खान्छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

पूर्वराजा शाहले आफ्नो खानामा धेरै जसो रोटी र सागपात राख्ने गरेका छन् । उनको खानामा अमिलो, पिरो र चिल्लो हुँदैन । विभिन्न रोगका कारण दैनिक औषधि सेवन गर्दै आएका पूर्वराजा शाह बेलाबेला उपचारका लागि नयाँ दिल्ली जाने गरेका छन् ।

हिमानी आफैले ससुराको ध्यान दिने भएपछि पतिका विषयमा पूर्वरानी कोमल निर्धक्क छिन् । हुन् त पूर्वरानी कोमलले पनि मसालेदार खाना खादिनन् ।

उनको पनि हालै नयाँ दिल्लीमा शल्यक्रिया भएको थियो । शल्यक्रियापछि पूर्वरानी कोमलले पनि खानपिनमा आफैले ध्यान दिने गरेकी छिन् ।

उता, पूर्व युवराज्ञी हिमानीलाई चीनले ठूलो स्वागत गरेर राजसंस्थाप्रति आफ्नो अगाध प्रेम देखाएको स्रोतले जनाएको छ ।

झण्डै दुई साता चीनमा बसेकी हिमानीलाई स्वागतमा चीनले कुनै कसर बाँकी राखेको थिएन । हिमानी पनि चीनको भ्रमणबाट अत्यन्तै खुसी भएको निर्मल निवास स्रोतले जनाएको छ ।