९ कार्तिक २०८३, सोमबार

वीन वीनका यमराज फरार, मुख्य सहयोगी पक्राउ

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Win Win Networkingकाठमाडौं, ९ असार । भारतको बनारसमा कार्यालय स्थापना गरेर नेपाली जनतालाई ठगी गर्दै आएका वीन वीन ट्रेड मार्ट प्रालिका कार्यकारी निर्देशक यमराज तामाङका मुख्य सहयोगी पक्राउ परेका छन् । दाङ जिल्ला घर भएका ज्वाला खतिवडालाई प्रहरीले पक्राउ गरेको हो ।

वीन वीन नेटवर्किङको धन्दाबाट तनावमा परेका खतिवडाले एनसेलको टावरमा आक्रमण गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

उनलाई वीन वीन नेटवर्किङबाट ठगी गरेको आरोप पनि लागेको छ । खतिवडालाई तामाङले वीन वीनमा ‘माक्र्यूज’ पदको जिम्मेवारी दिएका छन् ।

यो पद पाउने खतिवडा तामाङका अत्यन्तै विश्वासिला मानिन्छन् । उनी नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीको कार्यकर्ता पनि हुन् । उनी पूर्व लडाकु रहेको स्रोतले जनाएको छ ।

वीन वीन नेटर्किङमा करिव ५ हजार पूर्व लडाकुहरूको पैसा तामाङले यिनै खतिवडामार्फत खाएको आरोप छ । वीन वीन नेटवर्किङबाट करिव ३० जनालाई ठगेका खतिवडाविरुद्ध प्रहरी र स्थानीय प्रशासनमा उजुरी परेको थियो ।

आफ्ना निकट सहयोगी पक्राउ परेपछि तनावमा परेका वीन वीन नेटवर्किङका कार्यकारी निर्देशक तामाङ भाग्दै हिंड्ने गरेका छन् । दुई हप्ता अगाडि लमजुङ, तनहुँ, पोखरा र चितवन पुगेर थुप्रै सर्वसाधारणको पैसा कुम्ल्याएर काठमाडौं आएका तामाङ अहिले बुटवल, कपिलवस्तु, दाङ हुँदै नेपालगञ्ज पुगेका छन् ।

९८५१०९६४२६ नम्बरको पोष्टपेड मोबाइल बोक्ने तामाङले नचिनेको नम्बरबाट आएको फोन उठाउँदैनन् । वीन वीन नेटर्किङविरुद्ध ठगी गरेका विषयमा यूनाइटेड पोष्टले समाचारहरू सम्प्रेषण गर्न थालेपछि पीडितहरूले तामाङ र त्यससँग आवद्धहरूलाई धमाधम उजुरी दिन थालेका छन् ।

उजुरी पर्नुका साथै पैसा फिर्ता माग्न थालेपछि तामाङ लुकेर हिड्न थालेका हुन् । काठमाडौंको सामाखुसीमा कान्तिपुर म्यानपावर सञ्चालन गर्दै आएका तामाङले यूनिटी नेटवर्किङबाट ठगी धन्दा सुरू गरेका थिए । त्यसपछि उनले वीन वीन नेटवर्किङ थालेका हुन् ।

यसअघि यूनिटी काण्डमा फसिसकेका तामाङले नेपाल छाडेर विदेश गइ बस्ने योजना बनाएको उनी निकटका व्यक्तिहरूले बताउने गरेका छन् । ‘यमराज तामाङले नेपाल छाडेर विदेश गई बस्ने योजना बनाएका छन्’, एक जना उनी निकटका सहयोगीले भने–‘वीन वीन नेटवर्किङबाट करोडौँ रुपियाँ कमाइ भइसकेको छ । अब किन नेपाल बस्ने बाहिर गएर बस्नुपर्छ भन्ने गरेका छन् ।’

ठूला कर्मचारीदेखि कलाकार तथा पूर्व माओवादी लडाकुहरूसम्मका पैसा वीन वीन नेटवर्किङ मार्फत डुबाई दिएका तामाङले पत्रकार र प्रहरीलाई समेत प्रलोभनमा पारेका छन् । उनले संरक्षणका लागि केही शक्ति केन्द्रमा महिनावारी पैसा बुझाउने गरेको आरोप स्रोतले लगाएको छ ।