९ कार्तिक २०८३, सोमबार

मलेसियाबाट नेपाली कामदार धमाधम फिर्ता हुँदै, कमिशनको ठूलो खेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Malesiya ma Nepali Kamdarकाठमाडौं, २६ जेठ । बायोमेट्रिक प्रणालीबाट स्वास्थ्य परीक्षण गरेर गएका कामदारलाई मलेसियाले अनफिट भन्दै फिर्ता पठाउन थालेपछि यसको विश्वसनीयतामा गम्भीर प्रश्न खडा भएको छ ।

दुई महिनायता बायोमेट्रिक परीक्षण गरेर मलेसिया गएका एक सय ४४ जना कामदार नेपाल फिर्ता भइसकेका छन् । यो संख्या निकै ठूलो हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

बायोमेट्रिक परीक्षण गरेपछि कसैले पनि अनफिट भएर दुःख पाउनु नपर्ने भनेर नेपालमा जबर्जस्ती यो प्रणाली लागू गरिँदैछ ।

विगतमा परम्परागत तरिकाबाट स्वास्थ्य परीक्षण गर्दा कतिपय कामदारलाई मलेसियाले विभिन्न रोग देखाएर फिर्ता पठाउने गरेको थियो ।

बायोमेट्रिक त्यस्तो नहुने आश्वासनसहित मलेसियाकै दबाबमा नेपालमा यो प्रणाली लागू भइरहेको छ ।

कामदारका लागि निकै खर्चिलो यो प्रविधिबाट परीक्षण भरपर्दो हुन्छ अनि कामदारले मलेसिया पुगेर फिर्ता हुनुपर्दैन भन्ने हो ।