९ कार्तिक २०८३, सोमबार

न्यायाधीश नियुक्तिविरुद्धको रिटमा यसरी देखियो खोटैखोट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sherbahadur Deubaकाठमाडौं, २६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतका लागि सिफारिस भएका ११ जना न्यायाधीशविरुद्ध दायर भएको रिट निवेदन पेसीमा नचढाउने कार्य उचित नभएको बताएका छन् ।

सभापति देउवाले नेपाली कांग्रेसका शीर्ष नेता र कांग्रेस समर्थित कानुन व्यवसायीहरुबीच भएको बैठकमा सिफारिसमा भएका ११ जना न्यायाधीशविरुद्ध परेको रिट निवेदन लामो समयसम्म पनि पेसीमा नचढाउने कार्य उचित नभएको बताएका हुन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

लगातार तीन दिनदेखि सर्वोच्च अदालतमा एकल इजलास गठन नभएका कारण सो रिट निवेदनलगायतन अन्य महत्वपूर्ण मुद्दाको प्रारम्भिक सुनुवाइ हुन सकेको छैन ।

भन्नेहरुले न्यायापरिषदबाट सिफारिस भएका ११ न्यायाधीशविरुद्ध रिट निवेदन परेका कारण एकल इजलाश गठन नभएको दाबी गरेतापनि अदालतका कर्मचारीहरु भने प्राविधिक कारणले इजलाश गठन नभएको बताउने गरेका छन् ।