काठमाडौं, २५ जेठ । डन गणेश लामाले गृहमन्त्री शक्ति बस्नेतसँग यस्तो पहुँच बनाएका छन् कि ? कसैले पत्याउँदैनन् ।
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का केन्द्रीय सदस्य रहेका लामा उक्त पार्टीमा असुरक्षित महसुस गरेपछि माओवादी छिर्ने तयारीमा लागेका छन् ।
काभ्रेमा माओवादी नेता लालध्वजमार्फत उनले पार्टीका ठूला नेताहरुसँग भेटघाट गरी सुधार सम्बन्ध बनाएका छन् । ती नेताहरुमार्फत लामाले गृहमन्त्रीसम्म समेत आफ्नो पहुँच बनाइसकेका छन् ।
अवैध गतिविधिमा संलग्न व्यक्तिहरुको संगत र प्रभावकै कारण मन्त्री बस्नेत माओवादी मन्त्रीहरुमध्ये सबैभन्दा अलोकप्रिय भएका छन् ।
प्रचण्डकै निकट भएकाले मात्र अहिलेसम्म उनको पद बचेको माओवादी नेताहरु बताउँछन् ।
मन्त्री बस्नेतभन्दा पनि उनकी श्रीमती पहाडीले उनी मन्त्री भएको फाइदा धेरै लिएकी छिन् । प्रहरीका सरुवा बढुवादेखि गुप्तचरको भर्नासम्मको डिल खासगरी सशस्त्र प्रहरीको सरुवा र ठेक्का पहाडीले आम्दानीको स्रोत बनेको छ । दृष्टि साप्ताहिकमा खबर छ ।
















प्रतिक्रिया