काठमाडौं, १७ जेठ । गएको वैशाख ३१ गते काठमाडौं उपत्यकामा नियमविपरित सवारी चलाउने १ हजार ६ सय १७ चालक कारबाहीमा परे ।
तर त्यसको ठीक एक दिनपछि जेठ १ गते उपत्यकाभर जम्मा ४ सय ६० जना चालक मात्र कारबाहीमा परे । नागरिक दैनिकले समाचार छापेको छ ।
एक दिनमै उपत्यकाका सडकमा ट्राफिक प्रहरीको कारबाहीमा पर्ने संख्या झन्डै चार गुणा घट्नु एउटै कारण हो, नियमविपरित सवारी चलाउनेलाई गरिने जरिवाना वृद्धि ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकले पनि नियम मिच्ने चालक सख्या तीन गुणाले घटेको देखाउँछ ।















प्रतिक्रिया