नुवाकोट, २३ वैशाख । नुवाकोट तारुकास्थित आँपचौरमा प्रश्तावित गौरा–पार्वती सामुदायिक अस्पतालको निर्मांण कार्यको प्रक्रिया सुरु भएको छ ।
बरिष्ठ पर्यटन ब्यावसायी तथा समाजसेवी मोहन लम्सालको नेतृत्वमा स्वीजट्जरलैण्ड नागरिक बर्नहार्ट बुल्लर, उनकी श्रीमति गिरिसा बुल्लर र गन्तब्य नेपालका अध्यक्ष तथा स्थानिय बुद्धिजिविी शिव अधिकारी सहितको टोलीले अस्पतालको अध्ययन अवलोकन गरी सर्भे कार्य सम्पन्न गरेको थियो ।
तत्कालका लागि सुविधायुक्त १० कोठे भवन तयार गर्न लागिएको उक्त अस्पताल नोभेम्बरको पहिलो हप्ताबाट निर्माण कार्य सुरु हुनेछ । यसका साथै दिर्घकालिन रुपमा भने स्तरोन्नती गरी ३० कोठको भवन तयार गरिने छ । उक्त अस्पतालको लागि जग्गा प्रदान गर्नेहरुमा ठुलोपोखरी वडा न.२ का शिव अधिकारी, आँपचौरका बिष्णु अधिकारी, आँपचौर २ का अर्जुन अधिकारी, कृष्णप्रसाद अधिकारी र आँपचौरकै शिव अधिकारी रहेका छन ।
यसका साथै अस्पतालको लागि आवश्यक पर्ने खानेपानिको ब्यवस्थाको लागि सोही स्थानको ८ सय मिटर तल रहेको पदालिबाट बिधुतिय प्रविधि प्रयोग गरी बर्षैभरि खानेपानिको ब्यवस्था मिलाइने बरिष्ठ पर्यटन ब्यावसायी तथा समाजसेवी मोहन लम्सालले जानकारी दिनुभयो ।
यसका साथै तारुका लगायतका अन्य स्थानका भुकम्प प्रभावित क्षेत्रमा सुविधा बिस्तारमा आफु सधै लागि पर्ने बताउनुभयो । स्मरणीय छ, लम्सालकै संयोजनमा यसअघि सुविधायुक्त ३ वटा बिद्यालयको निर्माण भैसकेको छ । गन्तब्य नेपालका अध्यक्ष एबं स्थानिय बुद्धिजिवि शिव अधिकारीले तारुकाको बिकाशमा आफु दु्रत गतिमा लागि परेको र सोहीअनुसार बिद्यालय, अस्पताल र खानेपानीको निर्माण दु्रत रुपमा अघि बढेको बताउनुभयो ।
तारुकाको बिकाशको लागि आफु हरदम चिन्तित रहेको भन्दै समाजसेवी अधिकारीले बिगतमा आफुबाट बिकाश निर्माणका क्षेत्रमा भएगरेका क्रियाकलापहरुलाई मनन गरी धैर्य गर्न समेत आग्रह गर्नुभयो । यसका लागि जिल्लामा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरुलाई सहयोगका लागि आग्रह गर्दै अधिकारीले समाजसेवी मोहन लम्सालले सामाजिक क्षेत्रमा पुर्याएको सक्रियताको लागि धन्यबाद ब्यक्त गर्नुभयो ।













प्रतिक्रिया