१७ कार्तिक २०८३, मंगलबार

सरकारी अस्पतालको सेवा, निजीभन्दा प्रभावकारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ang khasne ko sivir.. (2)

– नरेश केसी

भैरहवा, २३ वैशाख । सरकारी अस्पतालमा सेवा सुविधा राम्रो हुदैन भनेर निजीमा पैसोको खोलो बगाउनेहरुलाई रुपन्देहीको सबैभन्दा पुरानो अस्पातल भीम अस्पताल भैरहवाले अब व्यवहारीक रुपमा जवाफ दिन थालेको छ । जसको कारण केही महिनाअघिसम्म सरकारी अस्पताल भन्दा वित्तीकै नाक खुम्चाउनेहरु अहिले आफै अस्पतालमा लाइन लागेर सेवा लिन तल्लीन देखिएका छन् ।

वि.स. १९९० सालमा स्थापित रुपन्देहीको जिल्ला अस्पताल भीम अस्पताल भैरहवामा अहिले विरामीको चाप समेत बढेर गएको छ । गरे के हुदैन भन्ने उदाहरण पछिल्लो समय यो अस्पतालको व्यवस्थापन र चिकीत्सीय टोलीले देखाएको छ । अस्पताल परिसर भित्र छिर्दा फोहरको कारण नाक थुनेर हिड्नुपर्ने तथा विरामीहरुको विचल्ली तथा डाक्टरहरुको लापरबाही भइरहने उक्त अस्पताल अहिले कुनै निजी अस्पताल भन्दा कम सफा देखिदैन । अस्पतालले डाक्टहरुको दरबन्दी अनुसार चिकीत्सीय सेवा पनि प्रदान गरिरहेको छ । पछिल्लो समय अस्पतालमा पहिलो पटक महिलाहरुको आंङ खस्ने रोगको उपचार भईरहेको छ ।

Ang khasne ko sivir.. (1)

भीम अस्पताल भैरहवा तथा पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखराको आयोजनामा बैशाख १९ गदेखि संचालन भएको एक हप्ते शिवीरमा महिलाहरूमा देखा पर्ने आङ खस्ने (भेजानियल स्ट्रेक्टोमा) समस्याको उपचार भईरहेको छ । क्षेत्रीय स्वास्थ्य निर्देशक डा.तारा पौडेल सहित १३ जना चिकीत्सकको टोलीले शिवीरमा सेवा दिईरहेको भीम अस्पताल विकास समितीका अध्यक्ष हितराज पन्थिले जानकारी दिए ।

शिविरमा बुधबार दिउंसो सम्म ३८ जनाको निशुल्क उपचार भएको छ । शिवीर बैशाख २४ गते सम्म चल्ने हुदां पाठेघर सम्बन्धी समस्या भएका महिलाले सम्पर्क गरेमा पछि पनि सेवा दिने अस्पताल विकास समितीले तयारी गरेको अध्यक्ष पन्थिले बताए । यसैगरी अस्पतालले केही दिनमै हाइड्रोसीलको शिवीर र मानव अंग प्रत्यारोपण सम्बन्धी जनचेतामूलक कार्यक्रम पनि चलाउन थालेको जनाएको छ ।

Ang khasne ko sivir.. (4)

अस्पतालले गत चैत्र २४ गते देखि अप्रेसन गरेर बच्चा जन्माउने सेवा पनि शुरु गरेको छ । यसअघि सम्म अस्पतालमा सामन्य र भ्याकुम बेस डेलीभरी हुदैं आएकोमो अबदेखी शल्यक्रिया सहितको डेलिभरी सेवा पनि शुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. अनन्त कुमार शर्माले जनाए । उनले भने “मैले दाबीका साथ भन्छु भीम अस्पतालमा अब प्रसुति रोगको उपचार सम्बन्धी कुनै कमि हुदैंन । हामीसंग म संगै प्रसुतिरोग विशषज्ञ डा. विमल ढकाल सहित राम्रो ज्ञान भएका नर्सिंग र चिकीत्सीय टोली छ । जसको कारण लुम्बिनी अन्चलमै हामी प्रसुति विभागमा एक नम्बर हुदै छौं ।” सो अस्पतालमा एटोपीक (ट्युबमा बच्चा बसेको) र हेमेटोमेट्रीक (पाठेघरमा रगत जम्ने) जस्तो जटिल शल्यक्रिया पनि कुशलता पुर्वक सम्पन्न भएको छ ।

Ang khasne ko sivir.. (5)

भीमको प्रसुति विभागमा सिद्धार्थनगर वाड नम्बर २ की तारादेवीको पेटबाट ५ केजीको बच्चा समेत सफलतापुर्वक शल्यक्रिया गरी निकालीएको छ । बच्चा र आमाको स्वास्थय अहिले पनि स्वस्थ रहेको छ । नेपालमै सायदै यति धेरै वजन भएको बच्चा जन्माउने आमा सायदै होला भनी भेटन गएका सन्चारकर्मिलाई संक्षिप्त प्रतिक्रिया दिदैं १२ दिने सुत्केरी तारादेवीले भनिन् – भीम अस्पताल नगएको भए सायद मेरो बच्चा र म के हुन्थ्यौ होला । अहिले म स्वस्थ छु । यी हेर्नुस (बच्चा देदाउदैं) बच्चा पनि ठीक छ ।

Ang khasne ko sivir.. (10)

सरकारी अस्पताल भएर पनि इच्छा शक्ति र टिम वर्क भएमा थोरै बजेटमा पनि धेरै सेवा दिन सकिन्छ भन्ने उदाहरण भीमले देखाईरहेको छ । केही वर्ष अगाडी सम्म आन्तरीक आम्दानी पनि कम हुने र सरकारी सहयोग र अनुदानको पनि सही सदुपयोग नहुदां समस्याग्रस्त भएको उक्त अस्पतालको सेवा र भौतिक सुविधा सम्पन्न गराउन स्थानिय अस्पताल विकास समिती र मेसु डा. शर्माको टीम दिनरात खटिरहेको छ । डा. शर्मा र समिती अध्यक्ष पन्थि दुबै स्थानिय भएकोले अस्पतालको सेवा पश्चात पनि जवाफदेही बन्नुपर्ने हुदां सकेसम्म आफ्नो कार्यकालमा अस्पताललाई जिल्लाकै नमुना अस्पताल बनाउने जोडतोडका साथ लागेको दुबै जना बताउंछन् ।

Ang khasne ko sivir.. (6)

विगतमा चिकीत्सक नहुदां समस्या झेल्नुपरिरहेको भीममा हाल प्रसुतिरोग विशषज्ञ समेत रहेका मे.सु. डा. अनन्तकुमार शर्मा, स्त्री रोग विशषज्ञ डां विमल ढकाल, न्यूरो सर्जन डा. डम्बर विक्रम शाह र मेडिकल अधिकृतहरुमा गौरब देवकाटा, मन्जिला घिमिरे, सुवोध बस्याल, सुनिता लम्साल, अर्थोपेडीक विशषज्ञ डा. सोम आले, डा. रन्जीता महतोले सेवा दिईरहेका छन् ।

Ang khasne ko sivir.. (7)

सरकारी बजेटको मात्रै मुख ताकेर सधैं योजना बनाउने भीम अस्पतालले आफ्नो आन्तरिक आम्दानीको स्रोतको सहि व्यवस्थापन गरेसंगै झन यस्को सेवा विस्तार र व्यवस्थापनमा सहजता आएको हो । विक्रम सम्बत ०४१ सालदेखी आफ्नो स्वामित्वका ३४ वटा सटर भाडामा लगाउदैं सो अस्पतालले नयां व्यवस्थापन आएसंगै समय सापेक्ष सटर भाडा व्यवस्थापनकोलागी टेन्डर गर्न सफल भयो । वर्षौदेखी टेन्डरमा जान नसेको सो सटरलाई नयाँ अध्यक्ष पन्थिको अडानको कारण टेन्डर भएरै छाड्यो । टेन्डर मार्फत सटर भाडामा गए पश्चात अस्पतालको आम्दानी सात गुना बढेको छ । पहिले वार्षिक करिब १० लाख आम्दानी हुने गरेकोमा अहिले ७० लाख पुग्ने गरेको छ । जसबाट आन्तरिक व्यवस्थापनमा आर्थिक कठिनाई टरेको छ ।

Ang khasne ko sivir.. (8)

सधैं फोहर र गन्हाउने अस्पताल अहिले चिटिक्क परेको छ । अस्पतालमा सरसफाई, फोहरमैला व्यवस्थापनलाई विशेष ध्यान दिइएको छ । अस्पतालका बेडहरुको सफाई, शौचालयको सफाई देखी लिएर वार्डहरुमा मच्छेडदानीको रोक्न सबै ढोका झयालमा जालीको व्यवस्थापन पनि भएको छ । इमरजेन्सी सेवालाई अपडेट गर्दै इसीजि र एक्सरे प्यानलको पनि सही व्यवस्थापन भएको अध्यक्ष पन्थि बताउंछन् । अस्पतालमा अहिले सरकारले प्रदान गर्ने भनेको विभिन्न प्रकारका औषधीहरु विपन्न र असहायलाई वितरण गर्दै आएको छ ।

Ang khasne ko sivir.. (9)

२५ शैयाको स्वीकृत पाएको सो अस्पतालले ५८ शैया बेड सञ्चालनमा गर्दै आएकोछ । अब एक सय शैया पुर्याउनको लागी मन्त्रालय र विभागमा पहल भईरहेको अस्पताल स्रोतले जनाएको छ । अस्पतालको दीर्घकालिन विकासकोलागी मास्टर प्लान नै बनाई कार्यक्रम अगाडी सारेको अस्पताल परिसरमा सुविधा सम्पन्न पोस्ट मार्टम गृह निर्माणको कार्य पनि शुरु भएको छ । अस्पतालले टेन्डर प्रक्रिया मार्फत शब तथा पोस्ट मार्टम गृह निर्माणको ठेक्का प्रीतम बिल्डर्सलाई दिइसकेको छ । नेपाल र दक्षिण कोरियन सरकारको संयुक्त लगानीमा सामन्य अप्रेशनको लागी आवश्यक भौतिक पुर्वधार समेत तयार गरिसकेको अस्पतालले प्रस्तुती विभागको उच्च व्यवस्थापन गरिरहेको छ ।