१७ कार्तिक २०८३, मंगलबार

बानेश्वरमा अर्काे दुर्घटना, नाम नखुलेकी महिलाको ज्यान गयो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं, २३ वैशाख । राजधानीमा सडक दुर्घटनामा विहीबार एक महिलाको ज्यान गएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसा र काठमाडौंको नयाँ बानेश्वर चोकस्थित ना.५ ख २६१८ नम्बरको ट्रिपरले विहीबार ठक्कर दिदा नाम, थर, वतन नखुलेकी अन्दाजी ५० वर्षीया महिलाको ज्यान गएको हो ।

ठक्करबाट घाइते उनलाई सिभिल अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।