१७ कार्तिक २०८३, मंगलबार

प्रचण्ड र देउवाबीच वार्ता, ओलीमाथि सिधै एक्शन लिने तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deuba-prachanda

काठमाडौं, २३ वैशाख । सरकार परिवर्तनको विषयलाई लिएर एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच अहिले छलफल भइरहेको छ ।

एमाओवादी स्रोतका अनुसार राजधानीको एक गोप्य स्थानमा दुवै नेताबीच एमाले अध्यक्ष केपी शर्मा नेतृत्वको सरकारलाई कसरी ढाल्ने, सिधै एक्शन लिने कि पर्खेर जाने विषयमा गम्भीर छलफल भइरहेको छ ।

दुवै नेताबीच एमाओवादीले सरकारको समर्थन फिर्ता लिने र अविश्वासको प्रस्ताव दर्ता गर्ने रणनीतिबारे पनि छलफल भइरहेको र एमाओवादी अविश्वासको प्रस्ताव लिएर ओलीमाथि सिधै एक्शन लिन तयार भइसकेको स्रोतको दाबी छ ।