– भोबिन्द्र शाह
बैशाख २२ बाजुरा । गाउँ मदिरा सेवनले होहल्ला हुनुका साथै अशान्ति फैलिए पछि बाजुरा कोटिला गाविसका आमा समुहका आमाहरु मदिरा नियन्त्रण अभियानमा सक्रिय बनेका छन ।
जिल्लाको पूर्वोत्तरी क्षेत्रमा पर्ने उक्त गाविसका महिलाहरुले श्रीमतीका गरगहना बेचेर मदिरा सेवन गरी होहल्ला गरेपछि आमा समुहका आमाहरु एक जुट भएर गाउमा पाइने अबैध मदिरा र जुवातास नियन्त्रण गर्नका लागी कोटिला गाविसका वडा नं ५,६ र ७का आमाहरु सक्रिय बन्दै गइरहेका आमा समुह का सचिव तारा शाहीले बताए कि छन ।
आमा समुहको बैठक बसी गाउमा पाइने मदिरा बन्द गर्नका लागी सार्वजनिक सुचना टाँस गरी फेरी पनि कसैले मदिरा सेवन गरी गाउमा हल्ला गरेको पाइएमा मदिरा उत्पादन गर्नेलाई ५ हजार खानेलाइ १५ सय रुपैया जरिवाना गर्ने निर्णय गरेको स्थानिय कृष्णा शाहीले बताइन ।
गाउँ सुरक्षाका दृष्टिकोणले एकदमै असुरक्षित हुनु र पुरुषहरु मदिरा सेवन र जुवातासले अपराधिक क्रियाकलापमा संलगन हुने गरेका कारण आमाहरु एक भइ अभियानकै रुपमा सक्रिय बनेको कोटिला लक्ष्मी शाहीले बताइन ।
आफुहरुलाई गाविस स्थित वडा नागरीक मन्च, स्थानिय राजनैतिक दलले सहयोग गरेको भए पनि आर्थिक रुपमा कसैले पनि चासो नदेखाएको आमा समुहका महिलाहरुले गुनासो गरेका छन ।












प्रतिक्रिया