– भोबिन्द्र शाह
बाजुरा, २२ वैशाख । बाजुरा जिल्लामा चट्याङ लागेर तीन घाइते भएका छन् ।
घाइते हुनेमा जयबागेश्वरी गाविस ४ गाज्ररा बस्ने ५५ वर्षका सेते बुढा, ४५ वर्षका टेक बुढा र १२ वर्षका सन्तोष बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले बताए ।
स्थानीय जगतबहादुर बुढाको पसलमा बसेका बेला मंगलबार साँझ ७ बजे उनीहरू चट्याङमा परी घाइते भएको स्थानीय सुरेन्द्र बुढाले बताएका छन् ।
घाइतेमध्ये सेते बुढाको अबस्था गम्भीर छ । अन्य दुई जनाको अबस्था सामान्य रहेको प्रहरीले बताएको छ ।












प्रतिक्रिया