२५ कार्तिक २०८३, बुधबार

प्रमुख विद्यार्थी संगठनहरूको बैठक धोबीधारामा जारी, छलफल शुल्कमा केन्द्रित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Student Nebisanghकाठमाडौं, ९ वैशाख । निजी विद्यालयहरूले जथाभावी शुल्क तोक्नुका साथै मनपरी रुपमा भर्ना शुल्क लिएर अभिभावकहरूलाई सताइरहेका बेला सो विषयमा छलफल गर्न सत्तारुढ र विपक्षी दल आबद्ध विद्यार्थी संगठनहरूको बैठक बसिरहेको छ ।

नेपाल विद्यार्थी संघको मुख्यालय धोबीघाटमा जारी बैठकमा निजी विद्यालयको भर्ना शुल्क र मासिक शुल्कका विषयमा परामर्श भइरहेको नेविसंघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिए । ‘नयाँ भर्ना अभियान सुरू भइसकेको छ’, उनले भने, ‘निजी विद्यालयहरूको मनपरिी रुपमा शुल्क उठाउने कार्यको विरोधमा केही निर्णय हुन सक्छ ।’

बैठकमा स्ववियु चुनाव कसरी गर्ने विषयमा पनि कुराकानी हुनेछ । स्ववियु निर्वाचन गर्न प्रमुख विद्यार्थी संगठनहरू तयार भए पनि केही विषयमा कुरा मिल्न नसक्दा चुनाव हुन सकेको छैन ।

बैठकमा कांग्रेस, एमाले, एमाओवादीलगायतका दलका निकटका विद्यार्थी संगठनका नेताहरूको सहभागिता रहेको छ ।