२५ कार्तिक २०८३, बुधबार

‘ओली सरकारविरुद्ध कांग्रेसले यसकारण गर्छ संसद र सडक आन्दोलन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

arjun narasiha kc

काठमाडौ, ८ बैशाख । नेपाली काग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाली काग्रेससँग चुट्कीको भरमा बर्तमान सरकार ढाल्ने क्षमता भएको दाबी गरेका छन । यद्यपि अहिले सरकार ढालेर मात्रै समस्या समाधान नहुने भएकोले कांग्रेसको त्यस्तो कुनै एजेण्डा नरहेको स्पष्ट पारे ।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भूकम्पपछिको पुनःनिर्माण, मधेस समस्याको समाधान, कालबजारी, तस्करी सरकारको गतिविधीको विषयमा आफूहरु सन्तुष्ट नभएको स्पष्ट पार्दै अब यस विषयलाई लिएर कांग्रेस संसद र सडक आन्दोलनमा उत्रने चेतावनी दिए ।

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उनले भने, ‘सरकारको कामसँग हामी सन्तुष्ट छैनौ । मुलुकको समस्यामा छलफल गर्न तत्काल संसद बोलाउनु पर्छ । सरकार गंभिर नभउ हामी संसद चल्न नदिने मात्रै होईन, सडक आन्दोलनमा जाने सम्मको मनस्थितिमा छौ । सरकार कुनै पनि विषयमा गंभिर नभएकोले केन्द्रीय समितिको बैठक बसेर हामी कुन हदसम्म जानु पर्ने हो जान्छौ ।’

केसीले सुनवाई समिति नभएको अवस्थामा सरकारले एकतर्फी रुपमा राजदूत नियूक्तिको सिफारिस गरेकोप्रति आफूहरुको आपत्ति रहेको भन्दै यसको कडा प्रतिरोध गर्ने चेतावनी दिए ।

मुलुकको राष्ट्रिय एकता कायम गर्ने गरी मधेसको समस्या समाधान गर्ने तर्फ सोच्नु पर्नेमा प्रमुख प्रतिपक्षी नेपाली काग्रेससँग समेत नगरेर सरकार गैरजिम्मेवार बनेको आरोप लगाउँदै लामो समय बादविवादमा मात्रै अल्झिदा मुलुकको क्षेत्रीय र जातीय सद्भाव खलबलिने खतरा औल्याए ।
उनले भने, ‘मैले पहिला पनि भनेको थिए । मधेसलाई बाईपास गरेर गरेर संविधान जारी नगरौ । केही दिन पर्खियौ भनेको थिए । तर प्रमुख दलका शिर्ष नेताहरु कसैले सुनेन र अहिले यो स्थिति आयो । अब पनि राष्ट्रिय समस्या समाधानमा दलहरु विभाजित हुनुहुँदैन । सबै दल मिलेर समाधान खोज्नु पर्छ । त्यसको लागि सरकारले संयोजनकारी भूमिका खेल्नुपर्छ । जुन आजसम्म खेल्न सकेको छैन ।’

सरकारमा सहभागिताको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा केसीले आफूहरुले सभामुख र उपसभामुखलाई सर्वसम्मत गराउन प्रयास गर्दा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा पनि त्यस्तै गरेको भए सरकारको सहभागिता हुने स्थिति बन्ने थियो भन्दै अहिले सरकारमा कांग्रेस सहभागि हुने कुनै सम्भावना नरहेको स्पष्ट पारे ।