२५ कार्तिक २०८३, बुधबार

माइतीघर जान नदिएपछि कान्छी बुहारीले गरिन सासुको हत्या, छोरा विदेशमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sasu-Hatya-rukum

रुकुम, ८ वैशाख । पश्चिमी मग्मा–५ की ७२ वर्षीय विष्णुकुमारी खत्रीको हत्या अभियोगमा उनकै कान्छी बुहारी १८ वर्षीया सुनिता खत्रीलाई जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले नियन्त्रणमा लिएको छ ।

सुनिता र विष्णुको माइती जाने विषयमा घरायसी विवाद हुँदा यही वैशाख ५ गते राति सो घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अभियुक्त सुनिताका श्रीमान् दुई वर्षदेखि रोजगारीको सिलसिलामा साउदी अरबमा रहेकाले सासु बुहारीबीचमा बेला बखत घरायसी विवाद हुने गरेको थियो ।

उक्त दिन पनि बुहारीले “माइती जान्छु” भनेपछि सासूले फलामको चिम्टीले हिर्काएपछि आफूबाट घाँटी थिचेर हत्या भएको स्विकारेको प्रहरी नायब निरीक्षक रुपेश खड्काले जानकारी दिए । अभियुक्त सुनितालाई थप अनुसन्धानका लागि जिल्ला अदालत रुकुमबाट १० दिनको म्याद थप गरिएको छ ।

उनकी नौ महिनाकी छोरी पनि उनकै साथमा प्रहरी हिरासतमा छिन् । रासस