२५ कार्तिक २०८३, बुधबार

एमालेमा ‘गुटको सिकार’ भएपछि रामकुमारी झाक्रीले मुख खोलिन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramkumari-jhakriकाठमाडौं, ८ वैशाख । पार्टीको गुटले आमसभा नै स्थगित भएपछि नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाक्रीले नेतृत्वलाई प्रश्न गर्दै आक्रोश पोखेकी छिन् ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको टकरावले सुदूरपश्चिमको डोटी जिल्लामा वैशाख १२ गतेका लागि आयोजना गरिएको विशाल आमसभा स्थगित भएको छ ।

सुदूरपश्चिम नेता नेपाल पक्षको पकड क्षेत्र हो । त्यहाँका एमाले सांसद प्रेम आलेमगरले आमसभाको तयारी गरेका थिए, जसमा तीन लाख खर्च पनि गरिसकेका थिए । क्षेत्र नम्बर २ क्षेत्रीय कमिटीको ब्यानरमा नेता माधवकुमार नेपाल प्रमुख अतिथि भनेर दिपायलको पिपल्ला बजारमा आमसभाको आयोजना गरिएको थियो ।

आमसभाको प्रचारका लागि काठमाडौबाटै पर्चा पम्लेट छापेर पठाइएको थियो । रंगीन पोष्टरमा प्रमुख अतिथि माधवकुमार नेपाल र विशेष अतिथि सुरेन्द्र पाण्डेको फोटो छापिएको थियो । त्यसबाहेक एक दर्जन वक्ताको नाम मात्रै थियो ।

तर, अन्तिममा त्यही पोष्टरले गुटभित्र वितण्डा मच्चायो र आमसभा स्थगित भयो । सभा स्थगित भएकपछि सांसद आलेमगरको झण्डै तीन लाख रुपैयाँ डुब्यो ।

गुटकै कारण आमसभा स्थगित भएपछि एमाले नेतृ झाक्रीले लडाई पनि कस्तो भनेर प्रश्न गरेकी छिन् ?

उनले फेसबुकमा लेखेकी छिन्- लड़ाई पनि कस्तो होला यहाँ ? पोष्टरमा कसको नाम राखे, कसको राखेनन, कसको फोटो छापे कसको छापेनन भनेर कार्यक्रम गर्न नै रोक । लौन हो ? नसकिन्छ गरी खान, नसकिन्छ मरी लान, हाम्रो … मा । # तोकीएका आमसभा *जो-जोसंग सम्बन्धित छ  । #*

यस्तो थियो आमसभाको पोस्टर:

यस्तो थियो आमसभाको पोस्टर

रामकुमारीको फेसबुक स्टाटस:

Ramkumari-Jhakri