काठमाडौं, ८ वैशाख । आन्दोलनरत संघीय गठबन्धनले आज आन्दोलन घोषणाको तयारी गरेको छ ।
गठबन्धनको आज तिनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा बस्ने बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्न सक्ने सद्भावना पार्टीका महासचिव मनीषकुमार समुनले जानकारी दिनुभयो । ‘संघीय गठबन्धनले आज आन्दोलनका कार्यक्रम घोषणा गर्न सक्छ, सोहीअनुसार तयारी भएको छ’, उहाँले भन्नुभयो ।
मंगलबारदेखि सुरू भएको गठन्धनको बैठकमा राजधानी केन्द्रित आन्दोलन चलाउने विषयमा परामर्श हुँदै आएको छ । बैठकमा राजधानी केन्द्रित गर्ने कि जिल्ला–जिल्लाबाट आन्दोलन उठाउने भन्ने विषयमा मधेसी मोर्चा र गठबन्धनबीच विवाद छ ।












प्रतिक्रिया