२५ कार्तिक २०८३, बुधबार

बाजुरामा २ सय १५ लिटर अबैध मदिरा बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madira photao– भोबिन्द्र शाह

बाजुरा, ८ वैशाख । बाजुरा जिल्लाले खाद्य संकट खेपीरहेको अबस्थामा स्थानीय होटल व्यबसायीहरु भने खाद्यान्नको प्रयोग गरी घरेलु मदिरा बनाउन सक्रिय भएको भन्दै जिल्ला प्रहरी कार्यालयले सदरमुकमका केही होटलमा छापा हानेको छ ।

छापाहानेर प्रहरीले अबैध घरेलु मदिरा १ सय १५ लिटर जफत गरी नष्ट गरेको छ ।

जिल्लामा वर्षेनि खाध्य संकट हुने गरेको भए पनि स्थानीय होटल व्यबसायीहरुले चामाल, कोदो, जौ आदि अन्न प्रयोग गरी घरेलु मदिरा बनाई बिक्री बितरण गरेको जनगुनासो आएपछि जिल्ला प्रहरी कार्यालय बाजुराले छापामारेको उपरीक्षक दलबहादुर बोगटीले जानकारी दिनुभयो ।

मदिरा सेवनकै कारण घरेलु झै–झगडा हुनुका साथै समाजमा नराम्रो बिकृति सिर्जना हुने भएकाले घरेलु मदिरा नष्ट गर्ने अभियान चलाएको बोगटीले बताउनुभयो ।