रौतहट, ८ वैशाख । संघीय नवबिचार समुहका केन्द्रीय संयोजक रिजवान अन्सारीले मधेशवादी दलहरु अदुरदर्शिता देखाएको आरोप लगाएका छन् ।
मंगलबार रौतहटमा सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । मधेशी मोर्चासंग मधेशको जनताहरुको मोह भङ्ग भैसकेको भन्दै अब मधेशको ठूलो शक्ति भएर आउने दाबी गरे ।
मधेशी नेतामा नैतिकता नरहेको, सत्तामुखी भएको र मधेशको जनतासंग इमान्दारी पूर्वक प्रस्तुत नभएको आरोप लगाए ।
बिगत सात महिनादेखिको मधेश आन्दोलन बिना उपलब्धी तुहाएको मोर्चाले अब कुन मुख लिएर मधेश झर्नेभन्दै प्रश्न गरे । मधेसको मुद्दालाई अगाडि बढाउन मधेशी जनताले अब अर्को ड्राइभर खोज्नु पर्ने बेला आएको बताए ।
संघीय समाजवादी फोरममा पूर्ण समावेशी समानुपातिकको मुद्दा उठाएर निष्कासित भएका अंसारी बिगत केही महिनादेखि मधेशमा नयाँ पार्टी खोल्ने तैयारी स्वारुप अन्तरक्रिया कार्यक्रम तीब्र बनाएका छन् ।












प्रतिक्रिया