१५ कार्तिक २०८३, आइतबार

मधेसी र थारु पार्टीहरुलाई टक्कर दिन नयाँ राजनीतिक दल आउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajkumar-Lekhiकाठमाडौं, २३ फागुन । आदिवासी जनजाति आन्दोलनका अगुवा राजकुमार लेखीले फेरि अर्को नयाँ राजनीतिक दल घोषणाको तयारी गरेका छन् । यसअघि नागरिक पार्टी गठन गरेका लेखीले सबै क्षेत्रका युवालाई समेटेर राजनीतिक दल घोषणा गर्न लागेका हुन् ।

लेखीले यही फागुन २७ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर नयाँ पार्टीको घोषणा तयारी गरेको बताए । ‘समाजवादी आन्दोलनलाई अगाडि बढाउन राजनीतिक दलको आवश्यक्ता छ’, उनले भने, ‘म क्षेत्रीय पार्टी होइन । राष्ट्रिय पार्टी बनाएर आदिवासी जनजाति साथै उत्पीडनमा परेका सबै समुदायको हकअधिकारका लागि संघर्ष गर्ने तयारीमा लागेको छ ।’

आन्दोलनका क्रममा एउटा विशेष समुदायको मात्रै अधिकारका लागि संघर्ष गरेको भन्दै आरोप लागेका बेला लेखीले अर्को राजनीतिक दल गठन गर्न लागेका हुन् । उनको यो नयाँ राजनीतिक दलमा मधेसी केन्द्रित दलका साथै थारु पार्टीहरुका नेताहरुको पनि सहभागिता रहेनछ ।

नयाँ पार्टीको अध्यक्षको जिम्मेवारी लेखीले नै लिन सक्ने स्रोतको भनाइ छ । नयाँ दलमा विभिन्न दलका नेता तथा कार्यकर्ताको सहभागिता रहनेछ ।

नयाँ दलमा लेखीको कार्यसमितिमा नगेन्द्र राजवंशी, तेजनारायण चौधरी, मनोज ठाकुर, कल्पना चौधरी, सुशीला चौधरी, रमाकान्त चौधरी, अनिता चौधरी, सरस्वती चौधरी, दीपा चौधरी, कञ्चन चौधरी, जयनारायण चौधरी आदिले स्थान पाउने छन् ।