काठमाडौं, २३ फागुन । एमाले निकट नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष प्रो.माधव शर्माको निधन भएको छ ।
कञ्चनपुरमा हालै सम्पन्न नेपाल बुद्धिजीवी परिषद्को नवौँ अधिवेशनबाट शर्मा अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।
उहाँको आज बिहान ३ बजे निधन भएको एमालेका केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । शर्माको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।
अधिवेशनकै बेला शर्मा बिरामी परेको पारिवारिक स्रोतले जनाएको छ । उहाँको राजधानीको अस्पतालमा उपचार भइरहेको थियो ।
प्राज्ञिक, शालीन, नेपालको प्रगतिवादी बौद्धिक आन्दोलनका अगुवा शर्माको निधनले शुभेच्छुकहरुले दुःख व्यक्त गरेका छन् ।












प्रतिक्रिया