
भैरहवा, २२ फागुन । माओबादी पार्टी फुटाउनेहरु असफल भइसकेको एमाआबादी नेता एवंम उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले बताएका छन ।
उनले माओबादीबाट बाहिरिएकाहरु पुनः पार्टिमै फर्किने विश्वास व्यक्त गरेका छन । उद्योग व्यापार संगठन रुपन्देहीको नबौँ साधारण सभा तथा पाँचौ अधिवेसनको शनिबार भैरहवामा उद्घाटन गर्दै मन्त्रि रायमाझिले अब देशमा राजनैतीक खिचातानि भन्दा पनि विकाशको आवश्यकता रहेको औल्याएका हुन । मन्त्री रायमाझीले समस्याहरुलाई बुझेर मात्र भन्दा पनि बदलेर देखाउनु चुनौतीको विषय भएको बताएका छन । उनले राजनैतीक आन्दोलनले स्थापित भएका मुख्य पार्टिहरुले अब विकाशको क्षेत्रमा क्रान्ति गर्न नसके विस्थापित हुन सक्ने र अब विकास गर्ने पार्टी नै देशको मुख्य पार्टी बन्ने बताए ।
१ सय ५ बर्षको अवधिमा ३० जना उर्जा मन्त्रिहरुले गर्न नसकेको ऊर्जा क्षेत्रको विकाश अबको एक वर्ष भित्रमा गरेर देखाउने र अबको दश बर्षमा दशहजार मेघावाट विद्युत उत्पादन गर्ने योजना रहेको मन्त्रि रायमाझिको भनाई छ । उनले बुटवल–सुनौली ट्रान्समिसन लाईन निर्माणकोलागी पनि बजेट विनियोजन भईसकेकाले छिट्टै काम सुरु गरिने बताएका छन ।
अर्को प्रसङ्गमा हिन्दु राष्ट्र विउताउने खतरा बढेपछि आन्दोलनरत पार्टीहरुका माग संबोधन नगरिकनै संविधान जारी गरिएको बताउँदै मन्त्रि रायमाझिले संविधानले समेट्न नसकेका विषयहरुलाई संसोधन गरिएको र गर्दै जाने बताएका छन ।












प्रतिक्रिया