काठमाडौं, २२ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफ्नी कान्छी छोरी आकृति कार्कीको प्रवल थापासँग विवाह गरिदिएका छन् ।
काठमाडौं नयाँबानेश्वरथित थापागाउँ निवासी थापासँग आकृतिको विवाह भएको हो । प्रमुख आयुक्त कार्कीले आफ्नी छोरीको विहे कानुनको परिधिभित्र रहेर गरेका हुन् ।
कार्कीले जन्ती र आफन्तलाई शाकाहारी खाना खुवाएका थिए । उनकी छोरीको विहेमा हाइप्रोफाइल व्यक्तिहरूलाई मात्रै बोलाइएको थियो ।
विहे भोजमा मदिरा, मासु र अन्य मादक पदार्थ केही राखिएको थिएन । खानामा सामान्य परिकारहरू रहेको एक सहभागीले बताए ।












प्रतिक्रिया