१५ कार्तिक २०८३, आइतबार

भारतले चीनसँग व्यापारिक सम्झौता गर्न नदिएको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narayanman photoभक्तपुर, २२ फागुन । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपालले चीनसंग व्यापारिक सम्झौता गर्न नदिन षडयन्त्र भइरहेको बताउनु भएको छ ।

आज भक्तपुरको सूर्यविनायकमा युथ सोसाईटी फर सोसियल वेयलफेयरले आयोजना गरेको कार्यक्रममा सुरेश बखुन्छेद्धारा लिखित ‘भक्तपुरको किसान आन्दोलनको अर्थ राजनीतिक विश्लेषण’ नामक पुस्तक लोकार्पण गर्दै उहाँले भारतले सरकारमा रहेका व्यक्तिलाई यसका लागि प्रयोग गरिरहेको आरोप लगाउनु भयो ।

कार्यक्रममा पुस्तकका लेखक बखुन्छे, समाजशास्त्री नरेन्द्र मिश्र, मानवशास्त्री मधु गिरी, राजनीतिक शास्त्री सरोजकुमार तिमल्सिना, अर्थशास्त्री किशोर हाकुदुवाल, शिक्षक विश्वबहादुर दुवा, संस्कृतकर्मी ओम धौभडेल, आयोजक संस्थाका संयोजक प्रज्जवल सुवालले पुस्तकमा समेटिएको किसान आन्दोलनका बारेमा चर्चा गर्नुभएको थियो ।