१५ कार्तिक २०८३, आइतबार

दुई माओवादी एकीकरणको अन्तिम चरणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maoist-Communist-Party-of-Nepalकाठमाडौं, २२ फागुन । एकीकृत नेकपा(माओवादी) र नेकपा(क्रान्तिकारी माओवादी)बीच आगामी चैतको पहिलो साताभित्र एकताको विषय टुङ्ग्याउने सहमति भएको छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, माओवादी अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाबीच बिहीबार राति पार्टी एकताको विषयलाई धेरै नलम्ब्याउने सहमति भएको हो ।

महासचिव थापाले कार्यकर्तालाई एमाओवादीसँग एकताका विषयमा निर्णय गर्न केही दिनभित्रै केन्द्रीय समितिको बैठक बस्न लागेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘एकताको विषय उठेको दुई वर्ष पुग्न थाल्यो, सधँै यही कुरा दोहो¥याएर बस्नुभन्दा एकता हुने वा नहुने भन्ने चैतको पहिलो साताभित्र टुङ्ग्याउने गरी अगाडि बढेका छौँं ।’