१५ कार्तिक २०८३, आइतबार

राष्ट्रपति भण्डारी र कोश्यारीबीच भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bidhya-Bhandariकाठमाडौँ, २१ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका भारतका उत्तराखण्ड राज्यका पूर्वमुख्य मन्त्री तथा भारतीय लोकसभाका सांसद् भगतसिंह कोश्यारीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटवार्तामा नेपाल र भारतबीच सदियौँदेखि जनस्तरमा रहआिएको सामाजिक, सांस्कृतिक र भावनात्मक सम्बन्धका बारेका कुराकानी भएको थियो ।

दुई देशबीचको सहयोग र हित प्रवद्र्धन गर्दै आपसी सम्बन्धलाई अझै प्रगाढ बनाएर लैजाने विषयमा छलफल भएको राष्ट्रपति कार्यालयका प्रवक्ता खडानन्द ढकालले जानकारी दिनुभयो ।

भेटका क्रममा भारतीय लोकसभामा पश्चिम चम्पारणबाट प्रतिनिधित्व गर्ने सांसद डा सञ्जय जैसवाललगायत नेपाल तथा भारतका उच्च अधिकारीको समेत उपस्थिती रहेको थियो । रासस