१४ कार्तिक २०८३, शनिबार

नेपाली फुटबल टोलीलाई एमालेले दियो बधाई, प्रोत्साहन गर्न आह्वान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-Central-Office

काठमाडौं, ८ माघ । सत्तारुढ दल नेकपा एमाललेले बंगबन्धु गोल्डकप विजेता नेपाली फुटबल टोलीलाई बधाई दिएको छ ।

शुक्रबार बेलुका एमाले सचिव योगेश भट्टराईले एक बिज्ञप्ति जारी गरी विजेता टिमलाई बधाई ज्ञापन गरेको हो ।

‘ढाकामा सम्पन्न बङ्गबन्धु गोल्डकपको उपाधि नेपाली फुटबल टिमले जित्न सफल भएको समाचारले हाम्रो सिंगो पार्टीलाई हर्सित बनाएको छ । खुशीको यो क्षणमा अथक मेहनतकासाथ सफलता हासिल गर्ने सम्पूर्ण खेलाडिहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ ।

यसैगरी एमालेले उपाधि जिताउने अभियानमा संलग्न प्रशिक्षक, ब्यबस्थापक लगायत सम्बद्ध सबैलाई धन्यबाद दिएको छ । खेलाडीहरुलाई निरन्तर हौसला प्रदान गर्ने दर्शक तथा समस्त नेपाली जनतालाई पनि धन्यवाद दिएको छ ।

‘आगामी प्रतिस्पर्धामा समेत उपाधि प्राप्त गर्नका लागि नेपाली खेलाडीहरुलाई थप प्रोत्साहन गर्न नेपाल सरकार तथा सम्बद्ध सबैलाई एमाले हार्दिक आव्हान गर्दछ’ सचिव भट्टराईद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार अपराह्न बंगलादेशको ढाकामा भएको फाइनल खेलमा बहराइनलाई ३-० गोल अन्तरले पराजित गर्दै नेपालले बंगबन्धु गोल्कपको उपाधि जितेको थियो ।