
काठमाडौँ, ८ माघ । एकीकृत नेकपा (माओवादी) र नेपाली काँग्रेसमा आबद्ध ५० जना नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एमाले महासचिव ईश्वर पोखरेलले एमाले निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नं ५ काठमाडौँद्वारा आयोजित क्षेत्रीय विशेष कार्यकर्ता भेलामा चिकित्सक डा प्रदीप जोशी, एमाओवादीका सल्लाहकार डिल्लीराम राजभण्डारी र काँग्रेसका क्रियाशील सदस्य सुरेश शाहीलगायत ५० नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउनुभयो ।
सो अवसरमा महासचिव पोखरेलले मुलुकको वर्तमान समस्या समाधान गर्दै देशलाई आर्थिक, सामाजिक र सांस्कृतिक विकासको बाटामा अगाडि बढाउन नेपालका कम्युनिस्ट पार्टीबीच एकता हुनुपर्नेमा जोड दिनुभयो ।
करिब ९० प्रतिशत सभासद्को सहमतिमा नेपालमा संविधान जारी भएकै कारण भारतले नाकाबन्दी गरेको भन्दै त्यसबाट पाठ सिकेर आत्मनिर्भरतातिर केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ ।
एमाले क्षेत्र नं ५ काठमाडौँका अध्यक्ष हरि अधिकारीले एमालेभित्र देखिएको विकृति र विसङ्गतिलाई सुधार्दै यसलाई मुलुकको पहिलो पार्टी बनाउनुपर्ने बताउनुभयो । रासस












प्रतिक्रिया