
– सुदीप अधिकारी
बर्दिया,८ माघ । बर्दियाको एक विद्यालयमा शौचालय भत्किएपछि एक जना छात्रको ज्यान गएको छ ।
बर्दियाको गुलरिया ३ खैरापुर स्थित शम्भुशरण उच्च माध्यमिक विद्यालयको शौचालय भत्केर कक्षा ८ मा अध्ययनरत छात्र राकेश बञ्जराको ज्यान गएको हो ।
विद्यालयमा अध्ययनकै समयमा शौचालयमा शौच गर्न गएका बेला एक्कासी शौचालय भत्केपछि घाईते अवस्थामा रहेका राकेश बञ्जाराको उपचारका क्रममा गुलरिया अस्पताल लैजाँदै गर्दा ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
केहि महिना अगाडि निर्माण सम्पन्न भएको शौचालय के कारणले भत्केको हो त्यो भने खुल्न सकेको छैन् ।












प्रतिक्रिया