
भैरहवा, ८ माघ । नेकपा एमाले सिद्धार्थनगर कमिटीको दोस्रो नगर परिषदको तयारी पुरा भएको छ ।
माघ ९ गते भैरहवाको होटल क्यासलमा हुने दोस्रो परिषदमा सहभागीताकोलागी पार्टिले प्रतिनिधी समेत छनौट गरिसकेको छ । नगरकमिटी, १३ वटै वडा कमिटी र नगर स्तरीय जनवर्गिय संगठनका अध्यक्षले सो परिषदमा सहभागीता हुन पाउने गरी प्रतिनिधी छनौट गरिएको सिद्धार्थ नगर कमिटी अध्यक्ष थानेश्वर पौडेलले जनाए ।
परिषदले एमालेको केन्द्रीय म्यान्डेटलाई तल्लो तहबाटै सफल पार्न भूमीका खेल्ने र एमालेको जगलाई अझै बलियो बनाउन पहल गर्ने तथा नेपालको संविधान २०७२ को बारेमा कार्यकर्तालाई प्रस्टाउने नगरकमिटीले बताएको छ ।
परिषदमा एमालेका केन्द्रिय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको नगर कमिटी अध्यक्ष रामबहादुर श्रेष्ठले जानकारी दिए ।
पछिल्लो समय एमालेले तराई मधेस केन्द्रित कार्यक्रम र आमसभा आयोजना गर्दै आएको छ । यसैबीच एमालले आगमी फागुन ८ गते भैरहवामा गर्ने विशाल अन्चल स्तरीय सभाको पुर्व सन्धयामा हुन थालेको सिद्धार्थनगर कमिटीको परिषद अर्थपुर्ण हुने बताइएको छ ।
विगत करिब साढे चार महिनादेखीको निषेधाज्ञाकोबीच एमालेले परिषद र आमसभा गर्ने तयारी गरेको हो । भैरहवा क्षेत्रमा स्थानिय प्रशासनले निरन्तर साढे चार महिनादेखी निषेधाज्ञा लगाउदै आएको छ ।












प्रतिक्रिया