भद्रपुर, ८ माघ । झापाको कुमरखोदमा गएराति आएको जङ्गली हात्तीले कान्द्रु राजवंशी र केशव खड्काको घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हात्तीले दुबै जनाको करिब रु ३५ हजार मूल्य बराबरको क्षति गरेको छ भने चाराली जङ्गलबाट आएका जङ्गली हात्तीले विर्तामोड नगरपालिकाको मसाले गाउँका अमरु राजवंशीको करिब रु ४० हजार मूल्य बराबरको अन्नपातलाई नष्ट गरेको प्रहरीले जनाएको छ ।
यसैगरी, सदरमुकाम चन्द्रगढी छेउछाउका गाउँमा पनि दिनहुँ जङ्गली हात्ती आउनाले मानिस त्रसित छन् भने हात्तीलाई धपाउन प्रहरी र जिल्ला वन कार्यालयलाई हम्मेहम्मे परेको छ । रासस












प्रतिक्रिया