१४ कार्तिक २०८३, शनिबार

पैसा कमाउन साउदी अरब गएको दुई हप्तामै मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

riyad_saudi_Arebia

परासी, ८ माघ । पैसा कमाउन साउदी अरब गएका एक नेपाली युवकको अरब गएको दुई हप्तामै मृत्यु भएको छ ।

तनहुँ कोटा– १ घर भएका २९ वर्षीय पदमबहादुर गुरुङको साउदी अरबमै गएको दुई सातामा मृत्यु भएको नवलपरासीको कावासोतीस्थित सुरक्षित आप्रवासन केन्द्रले जनाएको छ ।

परिवारका सदस्यहरुको आग्रहमा गुरुङको शव नेपाल ल्याउने पहल भइरहेको केन्द्रकी परामर्शदाता रञ्जना लम्सालले जानकारी दिनुभयो ।

नेपाली दूतावासले पनि गुरुङको मृत्यु भएको खबर पाएको र थप बुझेर शव नेपाल फर्काउने पहल भइरहेको उहाँले बताउनुभयो ।

गुरुङका मिलिनियम म्यानपावर काठमाडौँबाट यही पुस ११ गते साउदी गएका थिए । काम गर्दागर्दै यही पुस २४ गते उनको मृत्यु भएको हो । गुरुङ अल्यामा नामक कम्पनीमा काम गर्दथे । पदमबहादुरका एक छोरा र एक छोरी छन् । रासस