१४ कार्तिक २०८३, शनिबार

मोटरसाइकल र ट्रक ठोक्किँदा दुईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

पोखरा, ८ माघ । गएराति मोटरसाइकल र ट्रक ठोक्किँदा दुई सैनिकको मृत्यु भएको छ ।

पोखराको अमरसिंह चोकमा ना१४प ३८५२ नंको मोटरसाइकल र ना३ख ६५९ नं को ट्रक ठोक्किँदा मोटरसाइकलमा सवार सहसेनानी रञ्जनविक्रम शाह र हुद्धा रोशन थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार बेलुका ८ः२० बजे भएको दुर्घटनापछि उपचारार्थ पश्चिम क्षेत्रीय अस्पतालमा लगिएका शाह र थापाको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताएको छ । रासस