काठमाडौं, २१ पुस । संविधान संशोधनसम्बन्धी विधेयकमा संशोधन राख्न र भाषा मिलाउनका लागि कार्यदलमा रहने सदस्य पठाउने विषयमा छलफल गर्न मधेसी मोर्चाको बैठक बस्दैछ ।
अहिले केही समयपछि बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बस्ने बैठकले कार्यदलमा रहने सदस्यहरूको नाम टुङ्गो लगाउन सक्ने सद्भावना पार्टीका महासचिव मनिष समुनले जानकारी दिनुभयो ।
‘मधेसी मोर्चाको बैठक बस्ने तयारी छ’, उहाँले भन्नुभयो, ‘कार्यदलमा रहने चार जना सदस्यको नाम सहमति गरेर पठाउने विषयमा बैठकमा छलफल हुन्छ ।’
मधेसी मोर्चाले आफ्नो तर्फबाट चार जना सदस्यको नाम पठाउने भित्री सहमति गरिसकेको छ । तर आन्तरिक व्यवस्थापन र औपचारिक रुपमा बैठक बस्न नसक्दा त्यसले मूर्त रुप पाउन सकेको छैन ।
कांग्रेस, एमाले र एमाओवादीले कार्यदलमा रहने सदस्य दिइ सकेका छन् । सो कार्यदलमा कांग्रेसबाट महेश आचार्य, एमालेबाट भीम रावल र एमाओवादीबाट कृष्णबहादुर महरा रहनुभएको छ ।












प्रतिक्रिया