सप्तरी, २० पुस । ड्युटीमा खटिएका नेपाल प्रहरीका प्रहरी असईको सप्तरीमा हत्या भएको छ ।
सोमबार साँझ ६ बजेतिर झटुकी प्रहरी चौकीका इन्चार्ज समेत रहेका असई रमेश सुब्बा अज्ञात समूहले गोली हानेर हत्या गरेको सप्तरी प्रहरी प्रमुख एसपी भीम ढकालले जानकारी दिनुभयो ।
गस्तीमा निस्किएको बेला प्रहरी चौकी नजिकै गोली प्रहार भएको थियो ।
छातीमा २ गोली लागेका उनलाई उपचारका लागि सगरमाथा अञ्चल अस्पताल राजविराज ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो ।
गोली हान्ने समूहको खोजी भइरहेको एसपी ढकालले बताए ।












प्रतिक्रिया