२३ कार्तिक २०८३, सोमबार

देश विखण्डनको नारा लगाउनेहरु पराजित हुन्छन्ः सचिव भट्टराई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yogesh-bhattrai (1)

दार्चुला, २० पुस । नेकपा एमालेका सचिव योगेश भट्टराईले आन्दोलनका नाममा केही मधेसी नेताहरू नेपाललाई विभाजन गर्न प्रयास गरिरहेको आरोप लगाउनु भएको छ ।

सचिव भट्टराईले केही मधेसी नेताले राष्ट्र विभाजन गर्न खोजे पनि आउँदा दिनमा नेपाल अखण्ड रहने बताउनुभयो । सोमबार दार्चुलामा प्रेस चौतारी नेपाल दार्चुलाको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै उहाँले ‘पछिल्लो केही समययता पूर्वी तराईमा आन्दोलनका नाममा सिमानाकामा अवरोध गर्ने र देशलाई विखण्डनतिर डो¥याईरहेको बताउनुभयो । नेता भट्टराईले देश विखण्डनको नारा लगाउनेहरू पराजित हुने बताउनुभयो ।

उहाँले मेचीदेखि महाकालीसम्म नागरिकका भावना समेटिने गरी सीमांकन भएको बताउनुभयो । उहाँले पूर्वपश्चिम जनताको ठूलो हिस्साले हिमाल, पहाड र तराई मिलाएर प्रदेशको सीमांकन गर्न सुझाव दिईरहेको स्मरण गर्नुभयो ।

Yogesh-bhattrai (2)लामो लामो राजनीतिक क्रान्तिबाट संविधान निर्माण कार्य पुरा भएको चर्चा गर्दै उहाँले अब आर्थिक र सामाजिक क्रान्तिको आवश्यकता रहेको बताउनुभयो । ‘मुलुकलाई आर्थिक समृद्धिको बाटोमा डो¥याउनुपर्छ’ उहाँले भन्नुभयो– त्यसका लागि प्रस्तावित प्रदेश नम्बर ६ र ७ मा प्रचुर स्रोतसाधन भएकोले भविष्यमा नेपाल धनी राष्ट्रका रूपमा विकास हुने छ ।

उहाँले संविधानले सबै जाती, समुदाय र वर्गका माग र चाहनालाई समेटेको बताउनुभयो । ‘हाम्रो संविधान पूर्ण समानुपातिक भएकाले विश्वकै प्रगतिशिल संविधान हो’ एमालेका प्रचार विभाग प्रमुख समेत रहेका नेता भट्टराईले संविधानको सफल कार्यान्वयनका लागि समाजका सबै पक्ष अग्रसर हुनुपर्ने बताउनुभयो ।