काठमाडौं, २० पुस । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’को उपाधि जितेका छन् ।
बेलायतको प्रख्यात म्यागेजिन ‘द बैंकरले’ले पूर्व अर्थमन्त्री महतलाई विश्वकै उत्कृष्ट अर्थमन्त्रीको उपाधि दिएको हो । म्यागेजिनले प्रत्येक वर्ष उत्कृष्ट अर्थमन्त्रीलाई अवार्ड दिँदै आएको छ ।
वैशाख १२ विनाशकारी भूकम्पपछिको विपद् व्यवस्थापन, उद्धार तथा पुनर्स्थापना अभियानमा अर्थमन्त्रीका रुपमा उनले निर्वाह गरेको भूमिका उदाहरणीय रहेको उल्लेख गर्दै महतलाई विश्वकै उत्कृष्ट अर्थमन्त्रीका रुपमा चुनिएको म्यागेजिनले जनाएको छ ।
म्यागेजिनका अनुसार, महत एसिया प्रशान्त क्षेत्र र विश्व क्याटेगोरीमा उत्कृष्ठ अर्थमन्त्री पुरस्कार पाउने दक्षिण एसियामै पहिलो अर्थमन्त्री हुन् । केही हप्ताभित्रै लण्डनमा विशेष कार्यक्रमको आयोजना गरी महतलाई उक्त पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।












प्रतिक्रिया