
काठमाडौं, २० पुस । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थाइल्यान्ड जानुहुने भएको छ ।
अध्यक्ष प्रचण्ड पुस २२ गते बुधबार सभामुख ओनसरी घर्तीसँगै थाइल्यान्डको राजधानी बैंकक जानुहुने भएको हो ।
प्रचण्डका स्वकिय सचिव जोख बहादुर महराका अनुसार एमाओवादी सचिव बर्षमान पुनको स्वास्थ अवस्थाबारे जानकारी लिन प्रचण्ड र घर्ती थाइल्यान्ड जान लाग्नुभएको हो । पुनको समति भेज अस्पतालमा उपचार भइरहेको छ ।
यसअघि भारतको मेदान्त अस्पतालमा पुनको उपचार भएको थियो । उपचारपछि नेपाल फर्किएका पुनको स्वास्थ्यमा फेरि समस्या देखिएपछि उहाँलाई थाइल्यान्ड लगिएको थियो ।
प्रचण्ड र घर्तीको थाइल्याण्ड जाने तयारी पुरा भएको स्वकिय सचिव महराले जानकारी दिनुभयो ।












प्रतिक्रिया