२३ कार्तिक २०८३, सोमबार

मधेसी मोर्चाको बैठकमा सद्भावना अनुपस्थित, बिजुलीबजार बैठकमा किन बोलाइएन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahant-thakurकाठमाडौं, २० पुस । सद्भावना पार्टी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकमा अनुपस्थित भएको छ ।

बैठकमा कांग्रेस, एमाले र एमाओवादीसहितका नेता रहेको कार्यदलमा सदस्य पठाउने विषयमा छलफल हुने कार्यक्रम थियो । सद्भावना नआइपछि सो विषय भोलि मंगलबारसम्मका लागि लम्बिएको छ ।

काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा आज साँझ बसेको बैठकमा सद्भावना पार्टीका कुनै पनि नेताहरु नआएपछि बिनानिष्कर्ष स्थगित भएको छ ।

बैठकका विषयमा सोधिएको जिज्ञासामा सद्भावना पार्टीका महासचिव मनीष सुमनले मधेसी मोर्चाको बैठक आफूहरुले बहिष्कार नगर्ने बताउनुभयो ।

‘बैठकका बारेमा कुनै जानकारी आएन’, महासचिव सुमनले भन्नुभयो, ‘मधेसी मोर्चाको बैठकमा बोलाओट आयो भने जान्छौँ । मोर्चा अखण्ड छ । हाम्रो असहमति भनेको सरकारसँग हो । मोर्चासँग होइन ।’

संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले मधेसी मोर्चाको बैठक शीर्ष नेताहरु राजधानी बाहिर रहेकाले आज नबसेको बताउनुभयो ।

स्रोतका अनुसार आजको बैठकमा सद्भावनाले असन्तुष्टि जनाउँदै आउन नमानेपछि मधेसी मोर्चाले बिजुलीबजारको बैठक गुपचुप राख्न खोजेको थियो ।

तर समाचारहरु बाहिर आएपछि भोलि मंगलबार बिहान बस्ने गरी मधेसी मोर्चाको बैठक आह्वान गरिएको तराई मधेस लोकतान्त्रिक पार्टीका एक नेताले बताए ।