२३ कार्तिक २०८३, सोमबार

आउनुस् आन्दोलनकारी ७२ घण्टालाई अधिकम प्रयोग गरौँ : कानुन मन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अग्निप्रसाद खरेल
अग्निप्रसाद खरेल

काठमाडौं, २० पसु । कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री अग्निप्रसाद खरेलले आन्दोलनकारी थारु र मधेसी सांसदहरूले संशोधन प्रस्तावमाथि संशोधन राखेर ७२ घण्टाको प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

संसदको आजको बैठकमा सैद्धान्तिक छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै कानुनमन्त्री खरेलले संसदीय प्रक्रियामार्फत नै जनताका अधिकार सम्बोधन गर्न सकिने बताउनुभयो ।

‘विश्वमा संविधानहरू पटक पटक संशोधन भएका छन्’, उहाँले भन्नुभयो, ‘संशोधन प्रस्तावमाथि संशोधन राख्नका लागि ७२ घण्टाको समय छ । त्यो समय प्रयोग गरेर संशोधनमाथि संशोधन गर्न सकिन्छ । आउनुस् आन्दोलनकारीहरू छलफल गरौँ ।’

कानुनमन्त्री खरेलले अगाडि भन्नुभयो, ‘संविधान संशोधनको सैद्धान्तिक छलफलका क्रममा विभिन्न प्रकारका सुझाव र धारणा आएका छन् । ती सबैलाई सरकारका तर्फबाट म सकारात्मक रुपमा लिन्छु ।’

संविधान संशोधनको विधेयकमाथिको सैद्धान्तिक छलफलमा विभिन्न दलका ५८ जना सांसदले भाग लिएका थिए । यो संशोधन प्रस्तावको विरोध गर्दैै सदनमा मधेसी मोर्चा र थारु सांसदहरूले नारावाजी गर्दै आएका थिए ।

संसदमा मधेसी मोर्चा र थारु सांसदको अबरोध

यसैबीच, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसदहरूले आज पनि संसदमा नारावाजी र ह्वेल घराउ गरेका छन् ।

उनीहरूसँगै केही दलका थारु सांसदहरूले पनि नारावाजी र ह्वेल घेराउ गरेका छन् ।

मधेसी र थारु सांसदहरूको अबरोधका बावजुद संविधान संशोधनको विधेयकमाथिको सैद्धान्तिक छलफल भएको थियो ।