२३ कार्तिक २०८३, सोमबार

मधेसी मोर्चाले भने पनि सीमाङ्कन एक इञ्च यताउता हुँदैन : उपप्रधानमन्त्री रावल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhim-Rawalकाठमाडौं, २० पुस । उपप्रधान एवम् रक्षामन्त्री भीम रावलले बाहिरी जिल्लाका केही नेताहरूले भन्दैमा कैलाली र कञ्चनपुर जिल्ला सीमाङ्कनमा हेरफेर नहुने बताउनु भएको छ । उहाँले बाहिरी जिल्लाका नेताहरूले भन्दैमा कैलाली र कञ्चनपुरको भविष्यमाथि निर्णय नहुने बताउनुभएको छ ।

‘ती जिल्लामा मिलेर बसेका जनताले कता बस्ने भनेर आफै निर्णय गर्न पाउनु पर्छ’, उहाँले भन्नुभयो, ‘कैलाली, कञ्चनपुरका जनताहरू कतै जाँदैनौ भनेका छन् । यो अरुको टाउको दुःखाइको विषय किन बन्छ ?’

नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग आज बिहान पत्रकार कुरागर्दै उपप्रधानमन्त्री रावलले सीमाङ्नको विषय अहिले तत्काल हेरफेर नहुने बताउनुभयो ।

‘राज्यको पुनःसंरचना र सीमाङ्कनको विषयमा विगत आठ वर्ष थुप्रै छलफल भएका छन्’, उहाँले भन्नुभयो, ‘यति धेरै वर्ष छलफल भएको विषय अहिले आएर छलफल गरेर टुङ्गो लाग्न सक्दैन । अहिले सीमाङ्कनको विषयमा एक इञ्च यताउता हुँदैन ।’

उहाँले भन्नुभयो, ‘सीमाङ्कनमा तुरुन्तै निष्कर्षमा पुग्ने स्थिति म देख्दिन । लामो समयदेखि आएको कुरा हो यो । बल्ल यति मिलेको छ ।’
मधेसी मोर्चाले सीमाङ्कनलाई लिएर अडान कायम राखिरहेका बेला एमालेका उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री रावलले यस्तो अभिव्यक्ति सार्वजनिक गर्नुभएको हो ।

सहमतिको प्रयासका लागि संविधान संशोधनका विषयमा भाषा मिलाउन बनेको कार्यदलमा मधेसी मोर्चाका तर्फबाट नाम माग गरिएको बताउनुभएका रावलले भन्नुभयो, ‘आइतबार रातिको शीर्ष बैठकमा उहाँहरूले कार्यदलका लागि एक जनाको नम दिन्छु भन्नुभएको छ । मलाई विश्वास छ उहाँहरूले नाम दिनुहुन्छ । उहाँहरूले नाम नदिए पनि संविधान संशोधनको प्रक्रिया अगाडि बढ्छ । रुक्दैन ।’