२३ कार्तिक २०८३, सोमबार

यी ठूला नेतालाई दिएको राज्यको सुविधा किन लुकाउनु पर्‍यो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Ka Netaharuकाठमाडौं, २० पुस । गृह मन्त्रालयले लेखा समितिलाई उपलब्ध गराएको विवरणमा पाँच विशिष्टलाई राज्यले सेवा तथा सुविधा उपलब्ध गराएको उल्लेख छ ।

पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्दलाई २०७१ फागुन ४ गते बा१झ ६४९८ इसुजु जिप, झलनाथ खनाललाई २०७१ जेठ १९ बा११च ६४३८ नंको स्कोर्पियो जिप उपलब्ध गराइएको उल्लेख छ ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई २०७१ मंसिर २४ गते बा२झ ११३ स्कोर्पियो जिप, पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमलाई २०७२ कात्तिकमा स्कोर्पियो जिप दिइएको छ ।

यस्तै सांसद अमरेश सिंहलाई २०७१ फागुन १५ गते बा११च ६४३७ स्कोर्पियो जिप र दुई सुरक्षाकर्मी उपलब्ध गराइएको छ । अन्य पूर्वप्रमलाई दिइएको सुरक्षाकर्मीको विवरण भने गृहले उपलब्ध गराएको छैन ।

यस्तै पूर्वराष्ट्रपति डा रामवरण यादव, पूर्वउपराष्ट्रपति परमानन्द झा, पूर्वसभामुख सुवास नेम्बाङलाई पनि आवश्यक सुविधा दिइएको छ ।
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल, सुशील कोइरालालाई पनि राज्यले सुरक्षाकर्मीसहित सवारी साधन उपलब्ध गराए पनि गृहले सोसम्बन्धी विवरण उल्लेख गराएको छैन ।

यस्तै पूर्वगृहमन्त्री, पूर्वमन्त्री, पूर्वप्रशासक, पूर्वमुख्यसचिव र पहुँचवाला सांसदलाई पनि सुरक्षाकर्मी सुविधाका रुपमा दिइएको छ ।

उनीहरूलाई दिइएको राज्यको सुविधान भने गृहले लुकाएको छ । सुविधा दिएको विषय लुकाउनु पर्ने विषयमा गृह मौन छ ।

नेपाली सेनाका सिपाही तथा प्रहरी जवान पनि घरेलु कामदारका रुपमा कार्यरत रहेको सांसदहरूको भनाइ छ ।