२३ कार्तिक २०८३, सोमबार

भारतीय राजदूतावासका प्रथम सचिव अभयकुमारले नेपाल छाड्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अभयकुमार
अभयकुमार

काठमाडौं, १९ पुस । नेपालस्थिति भारतीय दुतावासका प्रथम सचिव अभय कुमारले नेपाल र भारतवीच समान संस्कृति भएकोले दुई देशवीचको सम्बन्धमा उतार चढाव आउनै नसक्ने दावी गरेका छन् ।

नेपालको साढे तीन वर्षे कार्यकाल समाप्त गरी बढुवा भई डेपुटी काउन्सिलर मिनिष्टरको रुपमा ब्राजिल सरुवा भएका सिंहको बिदाइमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाल र भारतका कलाकार, साहित्यकारहरुवीचको सम्बन्ध सुमधुर रहेको बताए ।

अभयकुमारले भने, ‘संस्कृति यस्तो बन्धन हो जसलाई कसैले तोड्न सकेन । संस्कृति स्थिर हुन्छ । यो लामो समयको लागि हुन्छ । यसमा उतार चढाव आउँदैन । राजनीतिले यसमा कुनै असर पर्दैन ।’

उनले आफूलाई नेपाल छाडेर जाने इच्छा नभए पनि जागिरको लागि जानु पर्ने बाध्यता बताउँदै धेरै देश भ्रमण गरे पनि नेपाल जस्तो मुलुक कतै नदेखेको बताए ।

प्रथम सचिव अभयकुमार छिट्टै काठमाडौं छाडेर आफ्नो मुलुक भारत जाने छन् ।