काठमाडौं, १९ पुस । प्रधानमन्त्री केपी ओलीले बोलाउनु भएको प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरूको बैठक बसिरहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, मधेसी मोर्चासँगको वार्ता र संविधान संशोधन विधेयकका विषयमा छलफल भइरहेको कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले जानकारी दिनुभयो ।
बैठकमा तीन दलका शीर्ष नेताहरूका साथै दोस्रो तहका नेताहरूको पनि सहभागिता रहेको छ ।
तीन दलको बैठक सक्किएपछि छ बजेपछि मधेसी मोर्चाका नेताहरूसँग वार्ता हुनेछ । वार्ताका लागि मधेसी मोर्चाका नेताहरूलाई बालुवाटार बोलाइएको छ ।
आजको वार्तामा मधेसी मोर्चाको घटक सद्भावना पार्टी नआउने संकेत गरेको छ । यद्यपि उसलाई पनि वार्तामा ल्याउन पहल भइरहेको स्रोतले जनाएको छ ।












प्रतिक्रिया