२३ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री ओली भन्छन्- राजनीति भन्दा उपेक्षित क्षेत्रको विकासलाई प्राथमिकता दिउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oli-1हेटौँडा, १९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर गिम्दी गाविस वडा नं ९ को सोभानेबेंसीस्थित वाग्मती नदीमा निर्मित झोलुङ्गे पुलको आज उद्घाटन गर्नुभयो ।

सो अवसरमा उहाँले दुर्गम भेगका जनताको आर्थिक समुन्नतिका लागि बाटोघाटो, पुलपुलेसा निर्माण गर्न सरकार प्रयत्नशील छ भन्दै राजनीतिक दलहरुले पनि विकास निर्माणको गतिलाई तीव्रता दिन प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मुलुकलाई विद्युत्भार कटौतीबाट देशलाई मुक्त गर्न आवश्यक एक हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्नका लागि सरकारले वैकल्पिक उपाय अपनाउन लागेको जानकारी दिनुभयो । राजनीतिक नेतृत्व गाउँमुखी हुनुपर्ने र उपेक्षित क्षेत्रको विकासमा ध्यान दिने व्यक्ति नै राजनीतिक नेतृत्वमा आउनुपर्ने उहाँको भनाइ थियो ।

सो अवसरमा सङ्घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराज विष्टले ग्रामीण क्षेत्रको पूर्वाधार विकासका लागि सरकार प्रयत्नशील रहेको बताउँदै उहाँले जनताप्रति उत्तरदायी नेतृत्व उत्पादन गर्न स्थानीय निकायको निर्वाचन गर्ने गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

सो अवसरमा काँग्रेसका सांसद उदयशम्शेर जबरा र इन्द्रबहादुर बानियाँ तथा नेकपा(एमाले)का सांसद सुशीला नेपाल, इन्द्रबहादुर बानियाँ र सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका महानिर्देशक जीवनकुमार श्रेष्ठले दुर्गम क्षेत्रमा सडक, खानेपानी र बिजुलीलाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो । रासस