२३ कार्तिक २०८३, सोमबार

वार्तामा सहभागी नहुने सदभावना पार्टीको घोषणा, मधेसी मोर्चा फुट्ने सम्भावना बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajendra-mahato-1काठमाडौं, १९ पुस । प्रमुख तीन दल र आन्दोलनरत मधेसी मोर्चाबीच आज साँझ हुने भनिएको निर्णायक बार्तामा राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले सहभागी नहुने घोषणा गरेको छ ।

सदभावनाका महासचिव मनीष सूमनले वार्ता सहभागी नहुने बताए । उनले भने- ‘हाम्रा अध्यक्ष राजेन्द्र महतोमाथि भएको कुटपिटको घटनामा सरकारले माफी नमागेसम्म वार्तामा सहभागी नहुने पूर्ववतः निर्णयअनुसार हामी बार्तामा जाँदैनौं ।’

सरकारका प्रतिनिधिले बार्तामा सहभागी हुन खबर गरेको बताउँदै सूमनले अहिलेसम्म माफी नमागिएकाले यथास्थितीमा वार्तामा सहभागी नहुने बताए । प्रमुख तीन दल र मधेसी मोर्चाबीच आज साँझ ६ बजे वार्ता हुँदैछ ।

सद्भावना पार्टीले वार्तामा सहभागी नहुने घोषणा गरेसँगै मधेसी मोर्चा भने अलमलमा परेको छ । मधेसी मोर्चाका अन्य नेताहरुले वार्ता सहभागी हुने बताएका छन् । यसले मोर्चामा थप विवाद सिर्जना भइ फुट्न सक्ने अनुमान गरिएको छ ।