२३ कार्तिक २०८३, सोमबार

‘जनसंख्या, भूगोल र सबै वर्गलाई यो विधेयकले छोएको छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १९ पुस । संविधान संशोधनको विधेयामाथिको छलफलमा आज पनि सांसदहरूले आ–आफ्नो धारणा राखेका छन् ।

वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बसेको बैठकमा सांसदहरूले विधेयकमाथि धारणा राखेका हुन् ।

छलफलमा सहभागी हुँदै नेपाली कांग्रेसका सांसद जीवन परियारले संविधान संशोधनको विधेयकले आन्दोलनकारीका धेरै माग पूरा गर्ने बताउनुभयो ।

उहाँले सहमतिमै छिटो संविधान संशोधनको विधेयकलाई पारित गर्नुपर्ने बताउनुभयो ।

एमाओवादीका सांसद सन्तकुमार थारुले संशोधन विधेयकले सबै जातिवर्ग क्षेत्रको संघर्षलाई समेट्ने बताउनुभयो । उहाँले भूगोल, क्षेत्र र जनसंख्यालाई आधार बनाएर जानुपर्ने बताउनुभयो ।

बैठकमा विभिन्न दलका सांसदहरू संविधान संशोधनको विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी भएका थिए ।