२३ कार्तिक २०८३, सोमबार

संसदमा किन बजाउनु पर्‍यो तीन मिनटसम्म घण्टी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

– विमल योगी

काठमाडौं, १९ पुस । सांसदहरू संसद बैठकमा अनुपस्थित भइ गणपुरक संख्या नपुगेपछि संख्या पुर्‍याउन संसद सचिवालयलाई तीन मिनट घण्टी बजाउनु पर्ने बाध्यता पुनः आइलागेको छ ।

निर्धारित समयभन्दा झण्डै एक घण्टा ढिला गरेर सुरू भएको बैठकमा गणपुरक संख्या नपुगेको भन्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेस र सरकारलाई समर्थन गरेको नेपाल मजदुर किसान पार्टीले गणपुरक संख्यामा प्रश्न उठाएपछि संसद सचिवालयका कर्मचारीले तीन मिनट घण्टी बजाइ संख्या पुर्‍याएका हुन् ।

तीन मिनट घण्टी बजाएपछि बैठक हलभन्दा बाहिर रहेका सांसदहरू हतारहतार दौडदैभित्र प्रवेश गरेका थिए ।

यसअघि पनि गणपुरक संख्या नपुगेकै कारण बैठक स्थगित भइसकेको छ । आज पनि सांसदहरू बैठकमा अनुपस्थित भइ संख्या नपुगेपछि सचिवालयलाई गणपुरक संख्या पुर्‍याउन ३ मिटन घण्टी बजाउनु परेको हो ।

संसद बैठकमा सांसदहरूको न्यून उपस्थिति हुनु, मन्त्री पनि नआउनु जस्ता कार्य पटक पटक दोहरिन थालेपछि सांसद र मन्त्रीहरूको संख्यामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले ध्यानदिन थालेको छ ।